काठमाण्डाैं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या बडेर ३ हजार ७७० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ३ हजार ७७० जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ३ हजार १०५ जना, भक्तपुरमा ६२ जना र ललितपुरमा ६०३ जना संक्रमित रहेका छन् ।
नेपालमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या बडेर ५ हजार ४३३ जनामा पुगेको छ ।



