गोरखा । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ८१४ जनामा संक्रमण पुष्टी भएको छ । देशै भरको विभिन्न प्रयोगशालामा ५ हजार ४१५ जनाको नमूना परिक्षणका क्रममा मंगलबार थप ८१४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मंगलबार संक्रमण देखिएका मध्ये २ हजार ७६२ जनाको पिसिआर गर्दा ५०९ जना र २ हजार ६५३ जनाको एन्टिजेन परिक्षण गर्दा ३०५ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख ३० हजार ९३८ जना पुगेको छ ।
मंगलबार नै देशैभर थप २९९ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ७० हजार ६२५ जना पुगेका छन् ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ५ हजार १४४ जना सक्रिय संक्रमत रहेका छन् ।



