गोरखा । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या बडेर ३ हजार ५९८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ३ हजार ५९८ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ३ हजार १८ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ५५० जना संक्रमित रहेका छन् ।
नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या बडेर ५ हजार १४४ जनामा पुगेको छ ।



