काठमाण्डौ । राहदानी विभागले ई–पासपोर्टको लागि आज बिहान ११ बजेदेखी अनलाइन आवेदन खुलाउने भएको छ ।
दिउँसो ४ः३० बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो ।
यो आवेदन प्रि–इनरोलमेन्टको लागि हो । विभागले दैनिक २ हजार ४०० जनाको लागि प्रि–इनरोलमेन्ट खोल्छ ।
प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागिविभाग वा जिल्ला प्रशासन कार्यालयमा पुग्नुपर्छ ।
विद्युतीय राहदानी देशका सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट बनाउन सकिन्छ ।
विभागले दैनिक २ हजार ४०० जनाको कोटा पनि बढाउने जनाएको छ । राहदानी बनाउन अनेक झन्झट र सास्ती खेप्नुपरेको सेवाग्राहीका गुनासो छ ।


