सन्दर्भ तस्बिर
मुग्लीन । सोमबार राती परेको अबिरल बर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको केराबारीमा गएको पहिरोमा ३ वटा सवारी साधान पुरीएको छ ।
केराबारीमा पहाडबाट खसेको ठुलो पहिरोका कारण पार्किङमा राखिएका ट्रक, म्याजिक र मोटरसाइलक पुरीएको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।
पुरीएका सवारी साधनहरुमा ना. ६ ख ४५७२ नं. को १२ चक्के ट्रक र नम्बर खुल्न नसकेको मोटरसाईकल १ वटा र म्याजिक गाडी पुरीएको हो । साथै सोही पहिरोले केराबारीमा रहेको केही घरहरुमा समेत क्षति पुगेको छ ।
यो घटनामा कुनै पनि मानविय क्षती नभएको प्रहरीले जनाएको छ । पहिरो ठूलो भएका कारण सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।


