सन्दर्भ तस्बिर
मुग्लीन । लगातारको बर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको २ ठाँउमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ को केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
केराबारीमा लेदोसहितको पहिरो खसेको छ भने १७ किलोमा रुख समेत ढलेर सडक अबरुद्व भएको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।
सोमबार राती ११ः०० बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण मंगलबार विहानबाट मात्रै पन्छाउन सुरु गरिएको छ ।
पहिरो पन्छाउन २ वटा मेशिन प्रयोग गरिएको छ । पहिरो ठूलो भएका कारण सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।




















