मुग्लीन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भोर्ले भन्ने स्थानमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
घाइतेहरु सबैको उद्वार गरेर चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको अस्पतालले जानकारी दिएको छ ।
सोमबार दिउँसो करिब ४ः०० बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउदै गरेको बा. ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।
घाइतेहरु धादिङस्थित एक बैंकको कर्मचारी रहेको बताईएको छ ।




















