गोरखा । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या बडेर ३ हजार १४७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ३ हजार १४७ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २ हजार ६०५ जना, भक्तपुरमा ३७ जना र ललितपुरमा ५०५ जना संक्रमित रहेका छन् ।
नेपालमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या बडेर ४ हजार ५६७ जनामा पुगेको छ ।



