खोटाङ । आज बिहान पूर्वी नेपालको खोटाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबा। बिहान ८ः१३ मिनेटमा प्रदेश १ को खोटाङको मार्तिमबिर्ता क्षेत्र आसपास केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार ६ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का मधेश प्रदेश र वाग्मती प्रदेशको काठमाण्डौंसम्म महसुस गरिएको थियो ।
भूकम्पबाट क्षतिको विवरण आउन बांकी छ ।


