गोरखा । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ४३८ जनामा संक्रमण पुष्टी भएको छ । देशै भरको विभिन्न प्रयोगशालामा ३ हजार ६९९ जनाको नमूना परिक्षणका क्रममा शनिबार थप ४३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शनिबार संक्रमण देखिएका मध्ये १ हजार ७७९ जनाको पिसिआर गर्दा २९२ जना र १ हजार ९२० जनाको एन्टिजेन परिक्षण गर्दा १४६ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख २८ हजार ६०९ जना पुगेको छ ।
शनिबार नै देशैभर थप २७७ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६९ हजार ७६५ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमण कारण थप २ जनाको मृत्यु भएको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा ११ हजार ९६६ जना पुगेको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ४ हजार ३६९ जना सक्रिय संक्रमत रहेका छन् ।



