काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् ।
शनिबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले फोहोरमैला सामान्य कुरा भएपनि फोहोरमैला भित्रकै गिरोहले ठूलो कुरा बनाइरहेको दाबी गरेका हुन् ।
उनले फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ स्थानीय तह लाग्नुपर्ने बताए ।
मन्त्री श्रेष्ठले सरसफाईको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको पनि बताए ।
मन्त्री श्रेष्ठले नाइट टुरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकारले पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग्न आग्रह गरे ।
उनले योजना लिएर आउने युवालाई विकासका लागि आफ्नो मन्त्रालयले आवश्यक बजेट उपलव्ध गराउने प्रतिवद्धता पनि जनाए ।
मन्त्री जम्कट्टेलले काठमाण्डौंको विकासका लागि नयाँ ढंगले बहस गर्न आवश्यक रहेको पनि बताए ।


