गोरखा । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ५७७ जनामा संक्रमण पुष्टी भएको छ । देशै भरको विभिन्न प्रयोगशालामा ४ हजार २८२ जनाको नमूना परिक्षणका क्रममा शुक्रबार थप ५७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शुक्रबार संक्रमण देखिएका मध्ये २ हजार ४७४ जनाको पिसिआर गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परिक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख २८ हजार १७१ जना पुगेको छ ।
शुक्रबार नै देशैभर थप १८६ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६९ हजार ४८८ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमण कारण थप २ जनाको मृत्यु भएको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा ११ हजार ९६४ जना पुगेको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ४ हजार ३५६ जना सक्रिय संक्रमत रहेका छन् ।



