गोरखा । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या बडेर २ हजार ९३४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै २ हजार ९३४ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २ हजार ४०८ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ४६८ जना संक्रमित रहेका छन् ।
नेपालमा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या बडेर ४ हजार ३५६ जनामा पुगेको छ ।



