×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ६० मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

एउटै कामलाई दुईपटक डिपीआर, अनियमितता भएको महालेखाको ठहर

  •  गोरखा समाचार
  • शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अमृत अर्याल

    स्याङ्जा । जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले औद्योगिक ग्राम स्थापनाको लागि दुईपटक डिपीआर गरेको पाईएको छ । एउटै कामलाई दुईवटा फरक फरक कम्पनीबाट डिपीआर भएको महालेखा परीक्षकको कार्यालयद्धारा सार्वजनिक ५९ औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    औद्योगिक ग्राम जस्ता दिर्घकालिन महत्व राख्ने आयोजना निर्माण कार्यका त्रुटिपूर्ण लगत अनुमान, मुल्याङ्कन प्रणाली र खरिद सम्झौताका कारण अपेक्षित नजिता प्राप्त नभएको महालेखाको ठहर छ । एकै पटक खरिद सम्झौताबाट अपेक्षित प्रतिफल प्राप्त गर्न सकिनेमा एउटै प्रयोजनको लागि पटक पटक खरिद सम्झौता गरी भुक्तानी गर्नु सार्वजनिक खरिद ऐन तथा नियमवाली विपरित भएकोे महालेखाको प्रतिवेदनले बताएको छ ।

    औद्योगिक ग्राम घोषणा तथा संचालन सम्बन्धी कार्यविधि, २०७५ को दफा २२ मा औद्योगिक ग्राम स्थापना तथा विकास गर्दा प्रचलित कानुन बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मुल्याङकन सम्पन्न गरेपछि मात्र औद्योगिक ग्राम स्थापना तथा विकासको कार्य गर्नुपर्ने उल्लेख छ ।

    अर्जुनचौपारी गाउँपालिकाको कार्यालयले औद्योगिक ग्राम स्थापनार्थ डिपीआर र प्रारम्भिक वातावरणीय परीक्षणको लागि १८ लाख १६ हजार २३ रुपैयाँमा ग्रिनविच इन्भारोमेन्ट एण्ड इन्जिनियरिङ प्रालीसँग सम्झौता गरेको थियो । उक्त कम्पनीलाई काम सम्पन्न नगरी पालिकाले विभिन्न मितिमा १५ लाख १६ हजार २३ रुपैयाँ भुक्तानी गरेको छ ।

    उक्त कम्पनीले काम सम्पन्न नगरेपछी विज्ञहरुको सुझाव र मिति २०७७ असोज २७ गते कार्यपालिकाको निर्णय समेतलाई आधार मानी एउटै प्रायोजनका लागि डिपीआर रिभ्यू उल्लेख गरी दोस्रोपटक परामर्श सेवा खरिद सम्झौता गरेको थियो । कार्यालयले सोही कामको डिपीआर रिभ्यू कार्यको लागि १३ लाख ५६ हजारमा फेरी ईनोभेटिभ ईन्जिनियरिङ्ग सर्भिसेज प्रालिसँग सम्झौता गरी उक्त रकम भुक्तानी गरेको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।

    प्राविधिकबाट प्राप्त जानकारी अनुसार हाल रिभ्यू डिपआिर प्रतिवेदनमा आधारित रहि अर्जुनचौपारी गाउँपालिकामा औद्योगिक ग्राम निर्माणाधीन अवस्थामा रहेको छ । प्रतिवेदनमा भनिएको छ, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८१ बमोजिम सफल भएको र कार्यालयले योग्य ठह¥याएको प्रथम पटक खरिद सम्झौता भएको परामर्शदाताबाट कार्यालयले यथार्थपरक नतिजा प्राप्त नगरेको देखिन्छ ।

    न्युज अफ नेपालबाट

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.