बैतडी । बैतडीको डिलासैनीमा आफ्नै बुवालाई मोही बनाउने पारोले हानेर हत्या गरेका छन् । डिलासैनी गाउँपालिका ५ सेरा बस्ने ६८ वर्षीय अन्तराम जोशीलाई आफ्नै २३ वर्षीय छोरा लोकराज जोशीले हत्या गरेको बैतडी प्रहरीले जनाएको छ ।
घरायसी कुरामा सामान्य विवाद हुदा लोकराजले बुवा अनन्तरामलाई पारोले हान्दा घटनास्थलमै मृत्यु भएको थियो ।
घटना लगत्तै प्रहरी चौकी गोकुलेश्वर र ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीको टोलीले छोरा लोकराजलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भई रहेको जनाएको छ ।



