काठमाण्डौं । काठमाण्डौंको बौद्वबाट २३ वटा कछुवा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौं महानगरपालिका ६ बौद्धको सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा छत कछुवा सहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका ३ टोखा घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका ९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेको महानगरी प्रहरी बृत्त बौद्वले जनाएको छ ।
उक्त स्थानमा छत कछुवा बिक्री हुँदै गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीहरुको टोलीले चेकजाँच गर्ने क्रममा जिबितै कछुवा फेला पारी उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।


