कञ्चनपुर । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका ६ ढक्का शिबिर बस्ने १५ बर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई ललाई फकाई आफ्नै घर कोठामा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरले जनाएको छ ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका युवकका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















