गोरखा । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ७१० जनामा संक्रमण पुष्टी भएको छ । देशै भरको विभिन्न प्रयोगशालामा ५ हजार २५ जनाको नमूना परिक्षणका क्रममा बिहीबार थप ७१० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
बिहीबार संक्रमण देखिएका मध्ये २ हजार ५४१ जनाको पिसिआर गर्दा ५२४ जना र २ हजार ४८४ जनाको एन्टिजेन परिक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख २७ हजार ५९४ जना पुगेको छ ।
बिहीबार नै देशैभर थप २१५ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६९ हजार २१९ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमण कारण थप २ जनाको मृत्यु भएको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा ११ हजार ९६२ जना पुगेको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ४ हजार २३६ जना सक्रिय संक्रमत रहेका छन् ।



