गोरखा । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या बडेर २ हजार ८०६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै २ हजार ८०६ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले बिहीबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २ हजार २९९ जना, भक्तपुरमा ६८ जना र ललितपुरमा ४३९ जना संक्रमित रहेका छन् ।
नेपालमा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या बडेर ४ हजार २३६ जनामा पुगेको छ ।



