काठमाण्डौं । अमेरिकाकी सहायक विदेशमन्त्री डोनाल्ड लू २ दिने नेपाल भ्रमणका लागि आज राजधानी आईपुगेकाछन् ।
लू नेपाल आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
उनको आगमनलाई ध्यानमा राखेर विमानस्थलमा भीआईपी निस्किने गेटदेखी विमानस्थल बाहिरको सुरक्षा पनि कडा पारिएको थियाे ।
चिनियाँ विदेशमन्त्रीको भ्रमणको केही समयपछि नै लू नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भइसकेको छ भने अन्य भेटघाटबारे खुलाइएको छैन ।




















