काठमाण्डौं । काठमाण्डौं महानगरपालिका २६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा अनलाईन ग्याम्बलिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाण्डौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङ खेलाउन प्रयोग भएका विभिन्न सामाग्री सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उक्त स्थानबाट ४७२ थान मोबाइल, २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राईभ र १ लाख ९० हजार रूपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड समेत बरामद गरेको छ ।
पक्राउ परेका र बरामद सामाग्रीको बिषयमा प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।


