गोरखा । पाल्पाको रिब्दीकोट २ लघुवामा हिजो भएको बस दुर्घटनामा परी मृत्यु हुने सबैको नाम सनाखत भएको छ । तानसेन–रिडी सडकमा आइतवार भएको सवारी दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृत्यु हुनेमा गुल्मी चन्द्रकोट ८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका ७ बस्ने ४० वर्षीय लालबहादुर राना कुमार, रुपन्देही देवदह नगरपालिका ७ बस्ने ८७ वर्षीया डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका २ बस्ने ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सोमे, नवलपरासी बर्दघाट पश्चिम ५ बस्ने २४ वर्षकी पूर्णिमा कामी र बाग्लुङ बडिगार्ड नगरपालिका १० बस्ने ५५ वर्षकी यमकली थापा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
आइतबार लु. १ ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको थियो ।



