गोरखा । ठगी गरेको आरोपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरस्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।
जानकीनगरमा रहेको ब्लु स्काई बिजनेश सोलुसन प्रालि नामक कल सेन्टरमा प्रहरीले छामा मारेको हो ।
सामाजिक सञ्जालमार्फत विभिन्न बाहना तथा प्रलोभन देखाएर ठगी धन्दा सञ्चालन गरेको आरोपमा छापा मारिएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
ठगी गिरोहका सदस्य १ भारतीय नागरिकसहित ९ जनालाई पक्राउ गरिएको छ । उक्त कम्पनीमा काम गर्ने करिब २०० कर्मचारीलाई पनि नियन्त्रणमा मै राखेर सोधपुछ सुरु गरिएको छ ।
यो गिरोहले सामाजिक सञ्जामार्फत चिट्ठा परेको भन्दै म्यासेज पठाउने र उक्त चिट्ठा तथा सामान लिनका लागि निश्चित रकम भन्सार शुल्क लाग्ने भन्दै रकम पठाउन लगाएर ठगी गरेको दाबी प्रहरीले गरेको छ ।
यो गिरोहमा भारतीयका साथै चिनियाँ नागरिक पनि संलग्ने रहेको प्रहरीले जनाएको छ । उनीहरुकै योजनामा नेपालीले काम गर्ने गरेको प्रहरीको दाबी छ । उनीहरुबाट मोबाइल, कम्युटरलगायतका सामाग्रीहरु पनि बरामद भएका छन् ।


