गोरखा । पाल्पामा केहीबेर अगाडी भएको बस दुर्घटनामा पछि ६ जनाको मृत्यु मृत्यु भएको छ भने घटनास्थलबाट १७ जनाको उद्धार गरिएको छ ।
बागलुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु. १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ को लघुवामा दुर्घटना भएको हो ।
बस सडकबाट ४ सय मिटर तल खसेको पाल्पा प्रहरीले जनाएको छ ।
दुर्घटनामा ३ पुरुष र ३ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाकाप्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । मृत्तकको सनाखत हुन बाँँकी रहेको छ । घाइते १७ जनालाई पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ ।




















