गोरखा । नेपाल प्रेस युनियनको केन्द्रीय लेखा समिति संयोजकमा पदमराज जोशी (स्वास्थ्य) निर्वाचित भएका छन् ।
आज सम्पन्न मतगणना अनुसार उनले ७१६ मत पाए । संयोजकका अर्का उम्मेदवार कालिकाबहादुर महतले ६१५ मत पाए ।
यस्तै गरी, खुला सदस्यमा गिरीराज पोखरेल ७५७, घनश्याम पौडेल ८७५ मत र सदस्यका उम्मेदवार दीपकराज जोशीले ६०० मत पाएर विजयी भए ।


