गोरखा । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या बडेर २ हजार १६५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै २ हजार १६५ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा १ हजार ७६३ जना, भक्तपुरमा ८९ जना र ललितपुरमा ३१३ जना संक्रमित रहेका छन् ।
नेपालमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या बडेर ३ हजार १७७ जनामा पुगेको छ ।



