गोरखा । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ३४७ जनामा संक्रमण पुष्टी भएको छ । देशै भरको विभिन्न प्रयोगशालामा ३ हजार ८८८ जनाको नमूना परिक्षणका क्रममा आइतबार थप ३४७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आइतबार संक्रमण देखिएका मध्ये २ हजार ३६० जनाको पिसिआर गर्दा ३०३ जना र १ हजार ५२८ जनाको एन्टिजेन परिक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख २५ हजार ११४ जना पुगेको छ ।
आइतबार नै देशैभर थप ९५ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६८ हजार ४८९ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमण कारण थप २ जनाको मृत्यु भएको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा ११ हजार ९५६ जना पुगेको छ र
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ३ हजार १७७ जना सक्रिय संक्रमत रहेका छन् ।



