पोखरा । पोखरामा एटिएम फोर्न खोज्ने १ युवकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । पोखरा महानगरपालिका ८ को न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेका पोखरा महानगरपालिका ९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
मगलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका मगर उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


