पाँचथर । आफ्नै श्रीमती ३५ वर्षीया निला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फिदिम नगरपालिका १४ बुर्दुम बस्ने ४० वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राजकुमारले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको खबर पाएको अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीको टोलीले राजकुमारलाई पक्राउ गरेको पाँचथर प्रहरीले जनाएको छ ।


