गोरखा । नेपालमा कोरोना संक्रमितको संख्या पुनः ३ अंकमा देखिन थालेको छ । लामो समयसम्म २ अंकमा देखिएको संिक्रमित केही दिन यता ३ अंकमा देखिन थालेको हो । आज मात्रै १०२ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्ती अनुसार १ हजार ५३९ जनामा पिसिआर र १ हजार ७६ जनामा एन्टिजेन परिक्षण गर्दा पिसिआरबाट ७२ जना र एन्टिजेनबाट ३० जनामा संक्रमण देखिएको हो ।
यो संगै नेपालमा संक्रमितहरुको कुल संख्या पिसिआर तर्फ ९ लाख ८० हजार २१३ जना र एन्टिजेन तर्फ १ लाख ४० हजार ६२२ जना गरी ११ लाख २० हजार ८५३ जनामा संक्रमण देखा पुगेको छ । मन्त्रालयका अनुसार आजसम्म ५७ लाख ७१ हजार २५२ जनाको पिसीआर र १२ लाख ३९ हजार ८९० जनाको एनिटजेन परिक्षण गरिएको छ ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ३१ जनाले कोरोना जित्न सफल भएका छन् । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६७ हजार ६५६ जना पुगेका छन् ।
मन्त्रालयका अनुसार शनिबार देखिएका १०२ जना सहित देशैभर कुल ६०५ जना सक्रिय संक्रिमत रहेका छन् ।



