काठमाण्डौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले अब पत्रकारको न्यूनतम पारिश्रमिक बढ्ने बताएकी छन् ।
शनिबार ‘श्रमजीवी पत्रकार एन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खड्काले पत्रकारको न्यूनतम पारिश्रमिक बढाएर कार्यान्वयमा ल्याउने बताएकी हुन् ।
हाल पत्रकारको न्यूनतम पारिश्रमिक २४ हजार ५०० छ । यसलाई बढाएर कार्यान्वयन गर्ने तयारीमा लागि रहेको उनले बताइन् । उनले गुणस्तरीय समाचारका लागि पहिलो शर्त समयमै उचित पारिश्रमिक भएको पनि बताईन ।
नेपालमा मिडियाको संख्या ६ हजार भन्दा बढी रहेको भन्र्द अध्यक्ष खड्काले न्यूनतम पारिश्रमिक ठूलो समस्याका रुपमा रहेको उनले बताइन । सरकारी मिडियामा समेत स्ट्रेनजरहरूको समस्या रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकार महासंघमा आफू अध्यक्ष भएर आएपछि मात्रै समयमा तलब नपाएको र कम पाएको भनी ३५० भन्दा बढी उजुरी परेको बताए ।
उजुरीका सन्दर्भमा मौखिक आग्रह गर्ने नभए दबाब दिने र मुद्दाको प्रक्रियामा समेत जाने रणनीति अन्तरगत कार्य गर्दै आएको उनले बताए ।
महासंघ अध्यक्ष पोख्रेलले पनि तलब नदिने मिडियालाई कालो सुचीमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।




















