काठमाण्डौं । आज पटक पटक केबुलकारमा समस्या आएपछि चन्द्रागिरीस्थित भालेश्वर मन्दिर दर्शन गर्न पुगेका करिब ४०० मानिस अलपत्र परेका छन् ।
थानकोट प्रहरीका अनुसार अपरान्ह दिउसो ४ बजेपछि केबुलकारमा समस्या आएको हो । केबुलकार सञ्चालनमा नआएपछि अलपत्र सर्वसाधारणलाई सवारी साधान मार्फत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार नै दिउँसो पनि चन्द्रागिरी केबुलकारमा समस्या आएको केबुलकार प्रशासनले जनाएको छ ।


