काठमाण्डौं । नेपालमा कोरोना संक्रमण देखिएका मध्ये आधा भन्दा बढी त उपत्यकाको ३ जिल्लामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर ४०१ जना संक्रिय संक्रमित रहेको विवरण सार्वजनिक गर्दा उपत्यकाको ३ जिल्लामा २६३ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कोरोना विवरण अनुसार काठमाण्डौंमा सबै भन्दा धेरै संक्रमित देखिएका छन् । उपत्यकाको ३ जिल्ला मध्ये काठमाण्डौंमा २१९ जना, भक्तपुरमा १० जना र ललितपुरमा ३४ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म उपत्यकाको ३ जिल्ला मध्ये काठमाण्डौंमा संक्रमित हुनेको संख्या ३ लाख २१ हजार ७६६ जना, भक्तपुरमा ३७ हजार ६६३ जना र ललितपुरमा ६५ हजार २५१ जना पुगेको पनि मन्त्रालयले जनाएको छ ।



