काठमाण्डौं । नेपालमा कोरोना संक्रमण दर बृद्वि हुदै जान थालेको छ । सोमबार ४० जनामा देखिएको संक्रमण मंगलबार ह्वात्तै बढेर ९० जनामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार ९० जनामा संक्रमण देखिएका संगै देशैभर सक्रिय संक्रमितको संख्या ४०१ जना पुगेको छ ।
मंगलबार देशैभरका विभिन्न प्रयोगशालामा १ हजार ९४४ जनाको पिसिआर गर्दा ७३ जना र १ हजार १६८ जनाको एन्टिजेन परिक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टी गरेको हो ।
यो संगै नेपालमा संक्रमितहरुको कुल संख्या पिसिआर तर्फ ९ लाख ७९ हजार ९०८ जना र एन्टिजेन तर्फ १ लाख ४०ह जार ५३६ जना गरी कुल ११ लाख २० हजार ४४४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मध्ये २० जना संक्रमण मुक्त भएका छन् । यो सहित आजसम्म संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ५५५ जना पुगेको छ ।
त्यस्तै गरी पछिल्लो समय संक्रमणबाट ज्यान गुमाउनेको संख्या न्युन भएको पनि मन्त्रालयले जानकारी दिएको छ । मंगलबारसम्म संक्रमणबाठ ११ हजार ९५२ जनाले ज्यान गुमाएको पनि मन्त्रालयले पुष्टी गरेको छ ।



