रामेछाप । रामेछापमा आज भएको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । रामेछापको सुनापती गाउँपालिका ५ मा बिहान बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
बस दुर्घटना हुदा घटनास्थलमै ९ जना मृत्यु भएको छ भने २५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी राजकुमार थिङले बताए ।
घाइते सबैलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ । प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ । बस रामेछापबाट काठमाण्डौं जादै गरेको थियो ।
दुर्घटनाको कारण भने खुलिसकेको छैन ।




















