सन्दर्भ तस्बिर
काठमाण्डौं । नेपाली बजारमा सुन र चाँदी मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन तोलामा १०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँ पुगेको हो ।
यस्तै गरी, तेजाबी सुनको मूल्य समेत तोलामा १०० रुपैयाँले नै बढेर ९७ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



