काठमाण्डौं । जसपाबाट ३ नयाँ मन्त्री बनेकाहरुको शपथ आजै हुने भएको छ ।
सितल निवास स्रोतका अनुसार नयाँ मन्त्रीहरुको आजै ४ः३० बजो शपथ ग्रहण हुने छ ।
नयाँ बन्ने मन्त्रीहरुमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषि मन्त्रालयको जिम्मा दिइएको छ ।
जसपाले यसअघिका कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वनमन्त्री राम सहायप्रसाद यादवलाई फिर्ता बोलाएर प्रधानमन्त्रीसमक्ष नयाँ सूची बुझाएको थियो ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका राजेन्द्र श्रेष्ठ भने यथावत नै छन ।


