रुपन्देही । लुम्विनी साँस्कृतिक नगरपालिकाबाट ३ जना भारतियहरु हातहतियार सहित पक्राउ परेका छन् । नगरपालिकाको ६ मा रहेको बसपार्कबाट १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली र १ थान चक्कु सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारत सिद्दार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
उनीहरू सवार यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकललाई शंका लागि ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीको टोलीले पिछा गर्ने क्रममा मोटरसाइकल लिएर भाग्दै गर्दा गोरूलाई ठक्कर दिई दुर्घटनामा परेका थिए । दुर्घटना लगत्तै प्रहरीले उनीहरूको साथबाट उक्त हतियार बरामद गरेको हो ।
घाइते सबैको मेडिकल कलेज भैरहवामा प्रहरीको निग्रानीमा उपचार भइरहेको छ । हतियार र पक्राउ परेका मानिसहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


