काठमाण्डौं । ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति नेपालमा पनि देखिएको पुष्टी भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको अनुवांशिक परीक्षणमा ‘बिए डट फाइभ’ देखिए संगै नेपालमा पनि ओमिक्रोनको नयाँ भेरियन्ट भएको पुष्टी भएको हो ।
अस्पतालको प्रयोगशालामा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ)मा ओमिक्रोनको उपप्रजाति ‘बिए डट फाइभ’ पुष्टि भएको प्रयोगशाला प्रमुख डा.राजीव श्रेष्ठले बताए ।
व्यक्तिगत अनुसन्धानमा गरिएका नमुनाको जिन सिक्वेन्सिङमा उक्त कुरा पत्ता लागेको थियो । यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले आफुहरुलाई बिना जानकारी उक्त कुरा सार्वजनिक गरिएको भन्दै असन्तुष्टि जाहेर गरेको छ ।
केयूको प्रयोगशालामा कार्यरत कर्मचारीले नयाँ प्रजाति पुष्टि हुना साथ जिआइएसएआइडीमार्फत संसारभर हेर्न मिल्ने गरी सार्वजनिक गरेका थिए ।
प्राप्त समाचार अनुसार सानेपामा रहेको स्टार अस्पतालमा संकलन भएको नमुना धुलिखेल लगेर जिन सिक्वेन्सिङ गरिएको थियो । तर नमुना कसको हो भन्ने बारेमा भने खुलाइएको छैन ।
ओमिक्रोनको नयाँ उपप्रजाति बिए १.१, बिए २, बिए २.३, पछिल्लो समय नेपालमा बिए २.१.२, बिए ४, बिए ५ पुष्टि भइसकेको थियो । अहिले नेपालमा सोही बिए ५ देखिएको हो । अनुसन्धानकर्ता डा। सन्तोष दुलालका अनुसार नेपालमा हाल देखिएको ‘बिए डट फाइभ’ प्रजातिको भाइरस अफ्रिकामा पहिलोपटक २५ फेब्रुअरीमा देखिएको थियो ।
‘अफ्रिकाबाट सुरु भएको ‘बिए डट फाइभ’ प्रजाति हाल ११० देशमा पुगेको छ । जर्मनी, पोर्चुगल, बेलायत र अमेरिकामा धेरै फैलिएको छ । छिमेकी देश भारतमा पनि ‘बिए डट फाइभ’का केसहरू देखि सकेका छन् ।




















