मुग्लिन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत जलबिरेमा ३ वटा ट्रक एकापसमा ठोक्किएको छ । इच्छाकामना गाउँपालिका ६ जलविरेमा शनिबार बिहान करिब १०ः०० बजेतिर भएको घटनामा कोही कसैलाई पनि गंभिर चोट भने नलागेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
घटना ना. ५ ख ९०५९, प्रदेश २–०३–००१ ख ६८२२ र ना ६ ख ६८५ नंम्बरको ३ वटा मालबाहक ट्रक एकापसमा ठोक्किएको थियो ।
दुर्घटनामा परि प्रदेश २–०३–००१ ख ६८२२ चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। घाईतेलाई उपचारका लागि भरतपुर पठाईएको छ ।
यस्तै दुर्घटनाका कारण केहिबेर राजमार्ग अवरुद्ध भएको थियो । अहिले भने दुर्घटनाग्रस्त ट्रक हटाएर राजमार्ग सुचारु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।


