झापा । झापाको नयाँ बस्तीमा रहेको एक माछा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । कचनकवल गाउँपालिका ४ नयाँबस्तीमा रहेको माछा पोखरीमा सोही ठाउँ बस्ने भिमबहादुर लिम्बुका छोरा ११ वर्षीय रिसान लिम्बुको बिहीबार दिउँसो मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा रिसान उक्त पोखरीमा डुबेका थिए । घटना लगत्तै ईलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उनलाई उद्धार गरेर उपचारको लागि अस्पताल पठाइएको थियो ।
पब्लिक केयर अस्पताल बनियानी पठाएकोमा उपचारको क्रममा रिसानको मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा झापा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।


