रौतहट । घाँटी थिची कर्तव्य गरी हत्या गरेको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका ९ डुमरीयास्थित मुस्लिम टोल बस्ने खुर्सैद राईन भन्ने २१ वर्षीय औसयद महमदलाई कवारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
कवारीकी श्रीमती २१ वर्षीया तराना खातुन २०७८ चैत्र १० राति आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डीएको र चन्द्ननिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनाको थप अनुसन्धानको क्रममा तरानाको झुण्डिएर नभई घाँटी थिची हत्या भएको खुल्न आएको थियो ।
अनुसन्धानबाट हत्या भएको खुल्ला आएपश्चात कवारीलाई प्रहरीले पक्राउ गरेको हो । कवारीलाई जिल्ला अदालत रौतहटबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।


