रौतहट । आफू नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै हिड्ने १ युवक सक्कली प्रहरीको फन्दामा परेका छन् । डर धाकधम्की देखाई सर्वसाधरणलाई दुःख हैरानी दिएको विशेष सुचनाको आधारमा चन्द्रपुर नगरपालिका ९ सिन्धुरेघारी टोल बस्ने ३२ वर्षीय सुमन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
चन्द्रपुर नगरपालिका ४ स्थित राजमार्गका यात्रुलाई, सोही ठाउँस्थित चोकमा मानिसहरुलाई र स्थानीय होटलहरूमा सुमनले अनावश्यक हैरानी दिइरहेको जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका सुमन उपर अभद्र व्यबहार शीर्षक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


