काठमाण्डौं । बैंकिङ कसूर मुद्दामा फरार रहेकी काठमाण्डौं महानगरपालिका २ बस्ने चितवन शिवनगर घर भएकी ४१ वर्षीया बबिता पन्त पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७१ माघ २९ गतेको फैसलाले १ महिना कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीको टोलीले काठमाण्डौं सिनामंगलबाट पक्राउ गरेको हो ।
पौडेलले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिई कर्जा दिई वैकिङ् श्रोत, साधन र सम्पतिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाण्डौंमा पेश गरिएको छ ।




















