रामेछाप । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको सवारी दुर्घटना भएको छ । दुर्घटनामा कोही कसैलाई पनि चोट नलागेको रामेछाप प्रहरीले जनाएको छ ।
बिहीबार बिहान उपसभापति गुरुङ चढेको बा. १९ च १८३९ नम्बरको स्कार्पियो रामेछापको गोगनेमा सडक किनारमा दुर्घटना भएको थियो ।
अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको गुरुङले जानकारी दिए । उनले आफूलगायत सबै जना सकुशल रहेको जानकारी पनि दिएका छन् ।
गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जनलगायत ५ जना सवार थिए ।


