सन्दर्भ तस्बिर
काठमाण्डौं । कोरियन नागरिक राहदानी नम्बर एम८२६२०३६१ वाहक ५५ वर्षीय जङ जून जनलाई करिब ७१६ ग्राम कस्तुरीको विनाको धुलो पदार्थ सहित प्रहरीले पक्राउ गरेको छ ।
कोरियन एयरको उडानद्वारा काठमाण्डौंबाट कोरियाको सिओल जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा निजले लगाएको जुत्ताभित्र प्लास्टिक र टेपले बेरिएको २ पोकामा रहेको उक्त पदार्थ फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाण्डौंमा पठाइएको प्रहरीले जनाएको छ ।




















