×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गण्डकी प्रदेश एथलेटिक्स खेल लक्षित रेफ्री तथा निर्णायक ‘सेमिनार’ सुरु

  •  गोरखा समाचार
  • बुधबार, असार १५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा गण्डकी प्रदेश एथलेटिक्स खेल लक्षित निर्णायकहरुलाई रेफ्री तथा निर्णायक ‘सेमिनार’ सुरु भएको छ ।

    प्रदेशमा आयोजना हुने एथलेटिक्सका खेलकुद प्रतियोगिताहरुलाई विवादरहित, ठोस र प्रभावकारी निर्णय दिन सक्ने निर्णायकहरु उत्पादन दिने उद्धेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको हो ।

    तिन दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षणको अग्रज खेलाडी तथा राष्ट्रिय खेलकुदका पूर्व सदस्य खड्ग बहादुर रानाभाटले शुभारम्भ गरेका छन् । सो अवसरमा उनले निर्णायकहरुमा सर्मपण, अनुशासन र अनुकरणिय हुनुपर्ने कुरामा जोड् दिए । आफूले सिकेको शिप र ज्ञानलाई सबैलाई बाड्न सके समाजले समेत खेलकुदमा हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्ने उनको भनाई थियो ।

    सहभागिहरुलाई दत्तचित्त, मर्यादित र अनुशासनमा रही एथलेटिक्स खेलको सक्षम निर्णायक भएर अगाडी वढ्न समेत एथलेटिक्सका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका रानभाटले आग्रह गरे ।

    कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेशमा एथलेटिक्स खेलका गतिविधिहरु बढे संगै सक्षम निर्णायकहरुको आवश्यकता समेत रहेकोले यो कार्यक्रम आयोजना गरिएको बताए । एथलेटिक्स सबै खेलहरुको समेत ‘फादर अफ दि गेम’ मानिने भएकोले पहिलो चरणमा एथलेटिक्स लक्षित कार्यक्रम अघि बढाइएको बताउँदै सदस्य सचिव गुरुङले भने–“खेलकुदका प्रशिक्षक हुन वा निर्णायकहरु सबै वैज्ञानिक रुपले अध्ययन गरेको हुनपर्ने मात्र नभई वैज्ञानिक आधारमा नै प्रशिक्षण र निर्णय क्षमतामा दख्खल हुनुपर्छ । त्यसैले पनि हामीले उनीहरुलाई ‘एजुकेट’ गर्नुपर्छ भन्ने विषयमा ध्यान केन्द्रित गरेका छौं ।”

    सो अवसरमा नेपाल ओलम्पिक कमिटिका महासचिव तथा नेपाल ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले गण्डकी खेलकुद परिषदले आफ्नो स्थापनको छोटो अवधिमा समेत उत्कृष्ट कार्य गरेको बताउँदै प्रशंसा गरे । उनले कुनै पनि खेलकुदका कार्यक्रमहरु विवादमा पर्नुको मुख्य कारण निर्णायकको भूमिका समेत रहेकोले यस्ता कार्यक्रमहरुले उनीहरुको दक्षता बढाउने संगै यहाँ आयोजना हुने प्रतियोगिताहरुका लागि राजधानीको मुख ताक्ने कुराको समेत अन्त्य हुने उल्लेख गरे । महासचिव श्रेष्ठले खेलकुदका प्रशिक्षक तथा निर्णायकहरुलाई दक्षता बढाउन आगामी दिनमा नेपाल ओलम्पिकले प्रदेश खेलकुद संग मिलेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

    तिन दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा एथलेटिक्सका विज्ञ शुसिल नरसिंह राणाले प्रशिक्षण दिने छन् । प्रशिक्षक राणाले उद्घाटन कार्यक्रममा खेलाडी तथा दर्शकहरुलाई उत्साह जगाउन तथा एक सक्षम खेलाडीको उत्पादनमा समेत निर्णायकहरुको भूमिका उत्तिकै प्रभावकारी हुने बताए ।

    प्रदेश खेलकुद परिषदका सदस्य तथा कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले समेत आफ्ना भनाई राखेका थिए

    उक्त रेफ्रि तथा निर्णायक सेमिनारमा २५ जनाको सहभागिता रहेको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, असार १५, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.