सन्दर्भ तस्विर
सुर्खेत । सुर्खेतमा इनार सफा गर्ने क्रममा १ जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका ४ घर भएका ३० वर्षीया यामबहादुर दमाई रहेको प्रहरीले जनाएको छ ।
मंगलबार भेरीगंगा नगरपालिका १० को तालिखोलामा इनार सफा गर्ने क्रममा इनारकै पानीमा ढुबेर उनको मृत्यु भएको हो ।
विहान ८ः०० बजे इनारमा डुबेका उनको उद्वार गर्न ढिलाई हुदा मृत्यु भएको प्रहरीले जनाएको छ ।


