साँकेतिक तस्बिर
चितवन । चितवनको स्यालीबासमा आफ्नै छोराले खुर्पा प्रहार गरी आमाको हत्या गरेको छ । माडी नगरपालिका ६ स्याउलीबासमा छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
स्याउलीबास निवासी अन्दाजी ३६ बर्षका अर्जुन तामाङले खुर्पा प्रहार गर्दा आफ्नै आमा अन्दाजी ५५ बर्षकी मायादेवी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
घटना लगत्तै प्रहरीले अर्जुनलाई नियन्त्रणमा लिएको छ । शव भरतपुर अस्पताल ल्याईएको पनि प्रहरीले जनाएको छ ।



