काठमाण्डौं । लोक गायिका दिलमाया सुनारको मृत्युको विषयमा प्रहरीले १ जनलाई नियन्त्रणमा लिएको छ ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ ।
सुर्खेत स्थायी घर भएकी ३० वर्षीया सुनार शनिबार काठमाण्डौं स्थित डेरामा मृत फेला परेकी थिइन् ।
त्यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा आफु बाच्न नचाहेको भन्दै स्टाटस राखेकी थिइन् ।
पक्राउ परेका श्रेष्ठसँग सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ ।


